Winamp windows Media Player Real Player QuickTime

४० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ता

६,१७
संविधानसभा चुनावका लागि आज २ सय ४० वटै  निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ता हुँदैछ । सबै जिल्ला सदरमुकाममा रहेका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता हुनेछ ।निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि सबै तयारी पूरा भएको जनाएको छ । सुरक्षाका लागि पनि आवश्यक बन्दोवस्त मिलाइएको आयोगले स्पष्ट पारेको छ । निर्वाचन अधिकृतको कार्यालयहरूले यसअघि नै उम्मेदवारी मनोनयनसहितको निर्वाचन कार्यक्रम प्रकाशन गरिसकेका छन् । प्रकाशित चुनावी कार्यक्रमअनुसार आज कार्यालय समयभित्र दलका उम्मेदवार र स्वतन्त्र व्यक्तिले तीन हजार रुपैयाँ धरौटीसहित उम्मेदवारी दर्ता गर्नुपर्छ ।उम्मेदवारी मनोनयनका लागि नागरिकताको प्रमणपत्र, मतदाता सूचीमा नाम रहेको प्रमाणित कागजात, उम्मेदवारको फोटो र दलको आधिकारिक पत्र आवश्यक पर्छ । दुर्गम क्षेत्रमा हवाई उडान हुन नसकेका र अन्य प्राविधिक कारण दलको टिकट पुग्न नसकेको अवस्थामा फ्याक्सबाट प्राप्त टिकटलाई आधार मानी अस्थायी दर्ता गर्न सकिने आयोगले जनाएको छ ।निर्वाचन कानुनले अयोग्य नठहरिने व्यक्ति कुनै पनि क्षेत्रबाट उम्मेदवार बन्न पाउने भए पनि प्रस्तावक र समर्थक भने सम्बन्धित क्षेत्रकै मतदाता हुनुपर्ने पनि आयोगले जनाएको छ । सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेको काठमाडौंमा पनि उम्मेदवारी दर्ताको सबै तयारी पूरा भएको जिल्ला निर्वाचन अधिकारी शम्भु चालिसेले जनाएको थियो ।
  • Program on air
  • Program Name: मेरो देश मेरो गौरव
  • Program Host: शुसिल
  • Time duration: 08:05 AM-09:00 AM
  • Next Program
  • Program Name: नेपालवाणी समाचार
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 09:00 AM-09:15 AM

Local News

Political News

International News

Sports News