Winamp windows Media Player Real Player QuickTime

दलहरुले आज समानुपातिक उम्मेदवारको बन्दसूची दर्ता गर्दै

६ ,१८गते
सविधानसभा चुनावमा समानुपातिकतर्फबाट भाग लिन निवेदन दिएका दलहरुले आज उम्मेदवारहरुको बन्दसूची दर्ता गर्दैछन । बिहान १० बजेदेखि उम्मेदवारको बन्दसूचि दर्ता सुरु भएको निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राईले जानकारी दिनुभयो । संविधानसभा चुनावमा समानुपातिकबाट १ सय २४ दलहरु प्रतिष्पर्धा गर्दैछन् । बन्दसूचीमा दर्ता भएका उम्मेदवारको नामावली कात्तिक ६ गते सार्वजनिक गर्ने तयारी गरेको निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली कात्तिक २९ गते सार्वजनिक गर्नेछ । ३ सय ३५ समानुपातिक सीटका लागि दलहरुले ५० प्रतिशत महिलाको उमेदवारी दिनुपर्नेछ भने दलित, जनजाति, मधेसीबाट ३३ प्रतिशत उम्मेदवार सहभागी गराउनुपर्नेछ । यसैबीच, प्रत्यक्षतर्फ हिजो दर्ता भएका उम्मेदवारहरुको नामावली आज सार्वजनिक गर्ने तयारी आयोगले गरेको छ ।

  • Program on air
  • Program Name: अर्पण शुभ साँझ
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 7:00 PM-7:30 PM
  • Next Program
  • Program Name: CIN को साझा खबर
  • Program Host: CIN
  • Time duration: 7:30 PM-8:00 PM

Local News

Political News

International News

Sports News