Winamp windows Media Player Real Player QuickTime

वैद्यका कार्यकर्ता घटे

६ ,१८ गते

नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका महासचिव कमल शाहीले पार्टी परित्याग गर्नुभएको छ ।  मोहन वैद्य नेतृत्वको नेकपा माओवादी कार्यदिशा विहीन भएकोले पार्टी छोडेको शाहीले बताउनुभएको छ ।विभाजन ताका क्रान्तिको चर्को नारा दिएको नेकपा–माओवादी एक वर्ष नबित्दै क्रमशः आफ्नो रंग बदल्न थालेको छ ,सैद्धान्तिक हिसावले अवसरबाद, राजनीतिक हिसावले चरम अर्कमण्यता एवम् पुच्छरवाद तथा संगठनात्मक हिसावले चर्को गुटवादको शिकार बन्न पुगेको छ, शाहीले विज्ञप्तिमा भन्नुभएको छ यसरी राजनीतिक कार्यदिशाविहीन बन्न पुगेको ने.क.पा.–माओवादीले तमाम इमानदार क्रान्तिकारी नेता–कार्यकर्तालाई भ्रममा राख्नु गम्भीर धोका हो । म नेकपा–माओवादीप्रतिको आवद्धता पूर्णरुपले परित्याग गरेको घोषणा गर्दछु ।  

  • Program on air
  • Program Name: अर्पण शुभ साँझ
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 7:00 PM-7:30 PM
  • Next Program
  • Program Name: CIN को साझा खबर
  • Program Host: CIN
  • Time duration: 7:30 PM-8:00 PM

Local News

Political News

International News

Sports News