Winamp windows Media Player Real Player QuickTime

सर्वोच्वको आदेश

६ ,१८ गते
सर्वोच्च अदालतले मायाकुमारी शर्मालाई कतारका लागि नेपाली राजदुतबाट तत्काल बर्खास्त नगर्न अन्तरिम आदेश जारी गरेको छ । आज न्यायाधीश प्रकाश वस्तीको एकल इजलासले प्रारम्भिक सुनुवाई गर्दै रिटको किनारा नलागेसम्म कतारका लागि नयाँ राजदुत नियुक्त नगर्न समेत सरकारलाई आदेश दिएको छ। अदालतले विपक्षीसँग १५ दिन भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । रिट निवेदनमा मन्त्रिपरिषद् कार्यालय र परराष्ट्र मन्त्रालयलाई विपक्षी बनाइएको छ । कतारको राजदूतबाट आफूलाई पदच्यूत गर्ने मन्त्रिपरिषद निर्णयविरुद्ध निवर्तमान राजदूत मायाकुमारी शर्माले सर्वोच्च अदालतमा सोमबार रिट दायर गर्नु भएको थियो । आफू राष्ट्रपति कार्यालयबाट नियुक्त भएकोमा कुनै कारण र आधारबिना नै सुनुवाइको मौकासमेत नदिई बर्खास्त गरिएको रिटमा उहाँले जिकिर गर्नु भएको छ । माओवादी कोटामा १८ महिनाअघि राजदूत नियुक्त शर्मा कूटनीतिक मर्यादाविपरीत अभिव्यक्ती दिएर पटक–पटक विवादमा आउनु भएको थियो । कतार नेपालीका लागि खुला जेल भन्ने अभिव्यक्तीमा त्यहाँको सरकारले गम्भीर आपत्ती जनाउँदै फिर्ता नबोलाए देशनिकाला गर्ने नेपालसमक्ष चेतावनी दिएको थियो ।

Local News

Political News

International News

Sports News