Winamp windows Media Player Real Player QuickTime

शेखर कोईरालाको भनाई

२९ असोज
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले दशै सकिएलगतै पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरिने बताउनु भएको छ । विराटनगरस्थित कोइराला निवासमा आज संचारकर्मीहरुसंग कुरागर्दै नेता कोइरालाले कांग्रेसले घोषणापत्र तयार गरिसकेको र घोषणापत्र मस्यौदा समितिको वैठक वसेर दुईदिन भित्रै त्यसलाइ टुंगो लगाउने बताउनु भयो । घोषणापत्रमा विकास निर्माण, शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक न्याय, मजदुर, किसान तथा द्धन्द्ध पीडितको मुद्यालाई समेटिएको छ, कोइरालाले भन्नुभयो । दशै मनाउन मस्यौदा समितिका सदस्यहरु काठमाण्डौं वाहिर रहेकाले राजधानी जाने वित्तिकै समितिको वैठक वस्ने उहाँले जानकारी दिनुभयो ।  कोइरालाले संविधानसभाको निर्वाचन पछी संविधानसभाको निर्वाचनमा अहिलेको भन्दा धेरै राजनितिक दलको सहभागिता हुने भएकाले अव जसरी भए पनि नेपाली जनताले संविधान पाउने दाबी गर्नुभयो । मुलुकभर निर्वाचनको माहौल वनेकाले निर्वाचन विथोल्नेलाई जनताले साथ नदिने उहाँको भनाइ छ।
 

  • Program on air
  • Program Name: Khulduli Dot Com
  • Program Host: Radio Audio
  • Time duration: 10:15 PM-11:00 PM
  • Next Program
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News