Winamp windows Media Player Real Player QuickTime

राष्ट्रिय जनमोर्चाको पनि सार्वजनिक

कार्तिक ५
राष्ट्रीय जनमोर्चा नेपालले गणतन्त्रलाई संस्थागत गरौं, राष्ट्रीयताको रक्षा गरौं, संघीयताको विरोध गरौं भन्ने नारासहित चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।
देशमा गणतन्त्र स्थापना भएपनि त्यो समाप्त हुने खतरा बढेको जनमोर्चाले ठहर गरेको छ । संघीयताको विरोध गर्दै आएको जनमोर्चाले संघीयताबाट देशको विकास कुण्ठित हुने खतरा बढेको भन्दै नेपालमा संघीयता उपयुक्त नभएको ठहर गरेको छ ।देशमा बढ्दो जातीय, क्षेत्रीय विग्रहका कारण राष्ट्रीय विखण्डनको खतरा बढेको जनमोर्चाको ठहर छ । जनमोर्चाले ७ प्रशासनिक प्रदेशको परिकल्पना गरेको छ । उसका अनुसार मेची र कोशी मिलाएर मेची प्रदेश, जनकपुर र सगरमाथा अञ्चललाई मिलाएर सगरमाथा प्रदेश, बागमती र नारायणी अञ्चललाई मिलाएर बागमती प्रदेश, गण्डकी र धौलागिरी अञ्चललाई मिलाएर गण्डकी प्रदेश, राप्ती र लुम्बिनीलाई मिलाएर लुम्बिनी प्रदेश, सेती, भेरी र महाकाली अञ्चललाई मिलाएर महाकाली प्रदेश र कर्णाली अञ्चलमा कर्णाली प्रदेशको परिकल्पना गरेको छ ।यद्यपि जनमोर्चाले यी प्रदेशहरु प्रदेशहरु सङघीय व्यवस्था अन्तर्गतका प्रदेशहरु नभएर खालि प्रशासकीय कामकारबाहीका लागि मात्र बनाइने उल्लेख गरेको छ ।
 

  • Program on air
  • Program Name: अर्पण समर्पण (आधुनिक गीतमा)
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 02:15 PM-03:00 PM
  • Next Program
  • Program Name: नेपालवाणी समाचार
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 03:00 PM-03:15 PM

Local News

Political News

International News

Sports News