Winamp windows Media Player Real Player QuickTime

ल्याहर क्याल एमाओवादीमा

कार्तिक ५
नेकपा एमालेबाट संविधान सभामा प्रतिनिधित्व गरेका दुई सभासद् आज एकीकृत नेकपा माओवादी प्रवेश गरेका छन्। एमाले सरकारमा अर्थ राज्यमन्त्रीसमेत रहेका ल्हारक्याल लामा र मुस्ताङबाट एमाले सभासद रहेकी काशी डोल्मा गुरुङ माओवादी प्रवेश गरेका हुन्। आज माओवादी मुख्यालय पेरिस डाँडामा पार्टी अध्यक्ष पुष्पकमल दाहालले उनीहरुलाई पार्टी प्रवेश गराउनु भयो । त्यसैगरी आजै वाग्लुङका पूर्व मेयर ऋषिराम शर्मा लगायतका नेताहरु एकीकृत माओवादी पार्टी प्रवेश गरेका छन्।माओवादी प्रवेश गरेका ल्हारक्याल लामा धेरैवटा नागरिकता लिएको विवादमा मुछिएपछि मन्त्री पदबाट राजिनामा दिएका थिए। उनीमाथि नागरिकताको विषयसहित अन्य आरोपहरु लागे पनि पुष्टी भने हुन सकेको थिएन।


Local News

Political News

International News

Sports News