Winamp windows Media Player Real Player QuickTime

उपराष्ट्रपतिले भने दलहरुले चाहे पदमै रहन्छौ

कार्तिक १८ गते
उपराष्ट्रपति परमानन्द झाले दलहरुले चाहँदा सम्म राष्ट्रपति  रामवरण यादव र आफू पदमा कायम रहने स्पष्ट पार्नु भएको छ । उहाँले अहिलेसम्म मुलुक संबैधानिक हिसावमाभन्दा पनि राजनीतिक दलको सहमतिको आधारमा चलेकोले दलहरुले चाहँदासम्म आफूहरु पदमा कायम रहने बताउनु भयो  । मुलुकमा संविधानका कुरा एकातिर छन् राष्ट्रपति र दलहरुको निर्णय एकातिर छ , संविधानको आधारमा केही भएको छैन, रिपोर्टर्स क्लवको साक्षात्कारमा  उहाँले भन्नुभयो– दलहरुको सहमतिको आधारमा मुलुक अघि बढेको छ त्यसैले दलहरुले चाहँदासम्म हामी पनि रहन्छौ ।  उपराष्ट्रपति झाले पछिल्लो पटक संविधान संसोधन संविधान अनुसार नभई  दलहरुको आग्रहको आधारमा भएकोले आफूहरुको कार्यकालको विषयमा संविधानमा के लेखिएको छ भन्ने कुराको कुनै अर्थ नहुने बताउनु भयो । निर्वाचन बहिस्कार गर्ने नेकपा–माओवादीको पक्षमा देश नभएको भन्दै उहाँले कालान्तरमा उनीहरु आफै बहिस्कृत हुने दाबी गर्नुभयो  ।    
 

  • Program on air
  • Program Name: अर्पण समर्पण (आधुनिक गीतमा)
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 02:15 PM-03:00 PM
  • Next Program
  • Program Name: नेपालवाणी समाचार
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 03:00 PM-03:15 PM

Local News

Political News

International News

Sports News