Winamp windows Media Player Real Player QuickTime

चार राजनीतिक शक्तिको बैठक आज पनि बस्दै

२६ फागुन
मुख्य दलका शीर्ष नेताहरुको बैठक आज पनि बस्दैछ । शुक्रबार नै सहमति हुन्छ भनिएपनि हुन नसकेपछि आज फेरि बैठक बस्न लागेको हो । सहमति भएका भनिएका नागरिकता, मतदाता नामावली, सत्य निरुपण तथा मेलमिलाप आयोगका विषयमा समेत विवाद भएपछि शुक्रबारको बैठक बिना निष्कर्ष टुंगिएको थियो । बिहान ११ बजे एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बस्ने तयारी छ । नयाँ बानेश्वरमा रहेको सेना समायोजन विशेष समितिको कार्यालयमा बस्ने बैठकमा विवादीत विषयमा सहमति खोजिने नेताहरुले बताएका छन् । दलहरुबीचमा विवाद भएपछि प्रधानन्यायाधीश नेतृत्वमा सरकार गठन अन्यौलमा परेको छ ।


  • Program on air
  • Program Name: Nepalbani News
  • Program Host: Nepal Bani
  • Time duration: 12:00 PM-12:15 PM
  • Next Program
  • Program Name: Nonstop Bollywood
  • Program Host:
  • Time duration: 12:15 PM-01:00 PM

Local News

Political News

International News

Sports News