Winamp windows Media Player Real Player QuickTime

दलहरु आज पनि छलफलमा जुट्दै

२९ फागुन
प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठनको प्रक्रियालाई अन्तिम रुप दिन मुख्य दलहरु आज पनि छलफलमा जुट्दैछन् । चुनावी सरकार गठनको लागि बाधा अड्काउ फुकाउ तथा सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी मस्यौदा प्याकेजमै टुङगो लगाउने दलहरुको तयारी छ ।आयोग बनाउँदा गम्भीर अपराध र मानव अधिकार उलंघनका घटनामा आममाफी नदिन एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र संयुक्त मधेसी मोर्चाबीच सहमति भइसकेको छ ।दलहरुको कार्यदलमा भएको सहमति शीर्ष नेताले अध्ययन गरेपछि आज बस्ने बैठकले टुङगो लगाउने एमाले नेता रघुजी पन्तले जानकारी दिनुभयो । यस्तै चुनावी सरकार गठनको लागि बाधा अड्काउ फुकाउ मस्यौदालाई पनि अन्तिम रुप दिने तयारी छ ।प्रधानन्यायाधीश खिलराज रेग्मीको सुझाव अनुसार कार्यदलले मस्यौदालाई अन्तिम रुप दिएपछि बिहान ११ बजे मुख्य दलको शीर्ष बैठक बस्नेछ । मुख्य दलहरुको बैठकले प्याकेजमा सहमति जुटाएपछि यसबारे जानकारी दिन अपरान्ह ४ बजे सर्वदलीय बैठक बोलाइएको छ ।नागरिकता, मतदाता नामावली र लडाकूको दर्जा निर्धारणमा पनि आजनै सहमति हुने नेताहरुले बताएका छन् ।
 

  • Program on air
  • Program Name: ॐ ब्रम्ह सन्देश/प्रवचनमाला
  • Program Host:
  • Time duration: 04:00 AM-05:00 AM
  • Next Program
  • Program Name: प्रभात वाणी
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 5:30 AM-5:55 AM

Local News

Political News

International News

Sports News