Winamp windows Media Player Real Player QuickTime

चुनावको तयारीमा सरकार

२ चैत
नवगठित अन्तरिम चुनावी मन्त्रीपरिषद् चुनावको तयारीमा लागेको छ । आज आन्तरिक छलफल गर्ने र दुई दिनभित्र सबै पक्षसंग छलफल गरेर चुनावको मिति घोषणा गर्ने तयारी सरकारले गरेको छ । दलहरुबीच आउदो असारको पहिलो हप्तासम्म चुनाव गर्ने सहमतिसंगै बनेको मन्त्रीपरिषद्ले चुनावका लागि विभिन्न पक्षको सहयोग अनिवार्य रहेको निष्कर्ष निकालेर आज आन्तरिक छलफल गर्ने र त्यसै अनुसार चुनावी वातावरण तयार गर्ने भएको हो ।कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला र श्रम तथा रोजगारमन्त्री हरिप्रसाद न्यौपानेले अहिलेसम्म कुनैपनि औपचारिक कार्यक्रम नरहेको जानकारी दिनुभयो । उहाँले आज आन्तरिक छलफल गर्ने बताउनुभयो ।यसैबीच निर्वाचन आयोगले सरकारको निर्णयका आधारमा अगाडि बढ्ने जनाएको छ । आयोगका प्रवक्ता अनिलकुमार ठाकुरले जेठभित्र चुनाव गर्नेगरी आयोगले प्राविधिक काम थालेको बताउनुभयो ।तर सरकारले चुनावको मिति र प्राविधिक विषयको निरुपण गरे लगत्तै आयोगले चुनावको औपचारिक तालिका सार्वजनिक गर्ने तयारीमा रहेको ठाकुरले जानकारी दिनुभयो । उहाँले दल दर्ता, मतदाता नामावली लगायतका विषयमा आयोगले काम गरिरहेको जानकारी दिनुभयो ।
 

Local News

Political News

International News

Sports News