Winamp windows Media Player Real Player QuickTime

२२ दलको बैठक दिउँसो बस्ने

२ चैत
खिलराज रेग्मीको अध्यक्षतामा अन्तरिम चुनावी मन्त्रिपरिषद गठनको विरोधमा नेकपा माओवादी सहित साना १० दलले ११ बुदे राजनितिक सहमति र २५ बुदे बाधा अड्काउ फुकाउ आदेशको मस्यौदा जलाउदै छन् । काठमाण्डौको शान्ति बाटिकामा दिउसो १ बजे  विरोध प्रर्दशन सहित मस्यौदा जलाउने कार्यक्रम छ । यसैबीच
विरोधमा आन्दोलनका थप कार्यक्रम तय गर्न साना २२ दलको बैठक बस्दैछ । दिउँसो २ बजे नेकपा–माओवादीको पार्टी कार्यालय बुद्धनगरमा बस्ने बैठकले कस्ता प्रकृतिका विरोधका कार्यक्रम सार्वजनिक गर्ने भन्ने विषयको टुंगो लगाउने नेकपा माओवादीका सचिव देव गुरुङले जानकारी दिनुभयो । दलहरु तत्काल बन्दका कार्यक्रम ल्याउन नहुने मानसिकतामा रहेका कारण सुरुमा अरु नै कार्यक्रम घोषणा गरिने उहाँले बताउनुभयो ।
 

  • Program on air
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host: समाचार कक्ष
  • Time duration: 07:00 AM-07:15 AM
  • Next Program
  • Program Name: शुभ विहानी
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 07:15 AM-07:30 AM

Local News

Political News

International News

Sports News