Winamp windows Media Player Real Player QuickTime

चुनाबी सरकार बन्नु नागरिकको विजय ः प्रचण्ड

२ चैत
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार गठन नागरिकको विजय अभियान भएको दावी गर्नुभएको छ ।पार्टी कार्यालय कोटेश्वरमा आज  भएको कार्यक्रममा प्रचण्डले नया सरकार बनाएर शुरु भएको नागरिकको विजय अभियान संविधान सभा चुनाव मार्फत पुरा हुने बताउनुभयो ।आफूहरुले त्याग गरेर चुनावको वातावरण बनाएको दावी गर्दै प्रचण्डले अबको एक मात्र उदेश्य चुनाव भएको बताउनुभयो । नयाँ सरकारले राष्ट«ियता र राष्ट्रीय स्वाधीनता बलियो बनाउने पनि प्रचण्डले बताउनुभयो ।७ गतेदेखि केन्द्रीय समिति बैठक शुरु हुने र त्यसपछि नया अभियान लिएर आउने भन्दै प्रचण्डले पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान बनाउनुपर्नेमा जोड दिनुभयो ।


  • Program on air
  • Program Name: Just For Enjoy
  • Program Host: Som Kumar / Rajan Dil
  • Time duration: 11:10 AM-12:00 PM
  • Next Program
  • Program Name: Nepalbani News
  • Program Host: Nepalbani Network
  • Time duration: 12:00 PM-12:15 PM

Local News

Political News

International News

Sports News