Winamp windows Media Player Real Player QuickTime

उपेन्द्र मोर्चाको आपत्ती

२ चैत
उपेन्द्र यादव नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले चार दलबीच सहमति भएको समानुपातिक सीट संख्यामा आपत्ती जनाएको छ । उसले समानुपातिक सीटलाई स्वीकार नगर्ने स्पष्ट पा¥यो । चार दलको सहमतिमा प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वमा चुनावी सरकार गठन भएको भोलिपल्ट मोर्चाले राजधानीमा पत्रकार सम्मेलन गरी समानुपातिक सीट संख्यामा आपत्ती जनाएको हो । पहिलाको आधार कायम राखेर निर्वाचनमा जानुपर्ने मोर्चाको माग छ ।पहिले ४२ प्रतिशत प्रत्यक्ष, ५८ प्रतिशत समानुपातिक र २६ जना मन्त्रिपरिषदबाट नियुक्त हुने व्यवस्था थियो । चार दलबीच फागुन ३० गते भएको सहमतिमा २ सय ४० प्रत्यक्ष, त्यति नै समानुपातिक र ११ जना मनोनीतको व्यवस्था छ । आफ्नो माग पुरा नभए आन्दोलनमा जाने मोर्चा संयोजक यादवले जानकारी दिए ।प्रधानन्यायाधीश नेतृत्वमा अन्तरिम चुनवी मन्त्रिपरिषद् गठन गरेर चार दलले जनताको अधिकार खोसेको अध्यक्ष यादवले आरोप लगाए । उनले चार दलको संयन्त्र नभई ”षड्यन्त्र” भएको टिप्पणी गरे ।प्रधानन्यायाधीश रेग्मी नेतृत्वको सरकारले निष्पक्ष चुनाव गराउनेमा यादवले शंका व्यक्त गरे ।


  • Program on air
  • Program Name: CIN साझा खवर
  • Program Host:
  • Time duration: 06:00 AM-06:30 AM
  • Next Program
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host:
  • Time duration: 06:30 AM-07:00 AM

Local News

Political News

International News

Sports News