Winamp windows Media Player Real Player QuickTime

मुख्य दलहरु छलफलमा जुट्दै

३ चैत
सरकार सञ्चालन र सुझावको लागि बन्ने राजनीतिक संयन्त्र गठन तथा मन्त्रिपरिषद विस्तारको विषयमा मुख्य दलहरु छलफलमा जुट्दैछन् । संयन्त्रको नेतृत्व पालैपालो गर्ने की ठूलो दलको हैसियतमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने भन्नेमा पहिले टुंगो लगाएपछि आजनै अरु विषयमा पनि राजनीतिक संयन्त्रमा छलफल गर्ने नेताहरुको तयारी छ ।संयन्त्रको बैठकमा संवैधानिक अंगहरुमा रिक्त पदपूर्ति सहितका विषयमा छलफल हुने नेताहरुले बताएका छन । आजको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकका आधारमा सरकारले चुनावको मिति, संवैधानिक निकायमा पदपूर्ति  लगायतका निर्णय गर्नेछ ।सरकारले शुक्रवार चुनाव केन्द्रीत तथा संवैधानिक अंगमा पदपूर्तिका लागि केही अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।मुख्य दलहरुको बैठकमा मन्त्रिपरिषदमा थप हुने सदस्यहरुको विषयमा पनि छलफल गर्ने तयारी छ ।चुनावी मन्त्रिपरिषद ११ सदस्यीय बनाउने सहमति भएपनि अध्यक्ष सहित तीनजनाको मात्रै नियुक्ति भएको छ । बाँकी सदस्यहरुमा केही पूर्व सचिव र प्रशासकहरुको नाम चर्चामा छ ।
 

  • Program on air
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host: समाचार शाखा
  • Time duration: 06:30 PM-7:00 PM
  • Next Program
  • Program Name: अर्पण शुभ साँझ
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 7:00 PM-7:30 PM

Local News

Political News

International News

Sports News