Winamp windows Media Player Real Player QuickTime

महाधिवेसनको डेढ महिनापछि एकीकृत माओवादी केन्द्रीय समिति बस्दै

७ चैत
एकीकृत नेकपा माओवादी केन्द्रीय समितिको बैठक आज बस्दैछ । महासधिवेसन सकिएको डेढ महिनापछि मात्रै पहिलो पटक केन्द्रीय समितिको बैठक बस्न लागेको हो । बैठकमा महाधिवेसनले लिएको कार्यनीतिलाई कार्यान्वयनमा लैजाने विषयमा छलफल हुनेछ । त्यस्तै बाँकी रहेका केन्द्रीय सदस्यको मनोनयन, पदाधिकारी चयन र जिम्मेवारीका विषयमा पनि बैठकमा छलफल हुनेछ । केन्द्रीय सदस्य अग्निप्रसाद सापकोटाले आज महाधिवेसनले गरेको निर्णय, निर्णय गर्न बाँकी विषय र चुनावका विषयमा छलफल हुनेछ । त्यस्तै संघिय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनसँग चुनावमा हुने सहकार्यका विषयमा पनि छलफल हुनेछ । आजको बैठकमा नेताहरुको कार्यविभाजन, कार्यक्षेत्र, दस्तावेजलाई अन्तिम रुप दिने विषयमा छलफल हुनेछ । आजबाट सुरु हुने बैठकले पहिला पार्टी भित्रका आन्तरिक समस्या समाधान गरेर निर्वाचनको कार्ययोजना तयार गर्ने सापकोटाले बताउनुभयो ।
 

Local News

Political News

International News

Sports News