Winamp windows Media Player Real Player QuickTime

एमाले स्थायी समितिको बैठक बस्दै

७ चैत
नेकपा एमाले स्थायी समितिको बैठक आज बस्दैछ । चुनावको रणनीति र केही विवादित विषयमा छलफल गर्न बैठक आज देखि सुरु हुने एमालेले जनाएको छ । पछिल्लो पटक भएको राजनीतिक सहमतिमा पार्टी भित्रै देखिएका अन्र्तविरोधलाई हल गरेर चुनावको रणनीतिका विषयमा छलफल हुने सचिव युवराज ज्ञवालीले जानकारी दिनुभयो । दलहरुबीच सहमति भइसकेकाले अब अब त्यसलाई आत्मसाथ गरेर चुनावमा जाने रणनीति, कार्यविभाजनका विषयमा छलफल केन्द्रित हुनेछ । बरिष्ठ नेता माधवकुमार नेपाल सहितका केही नेताहरु प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएको सहमतिको विपक्षमा हुनुहुन्छ भने लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख बनाउन लागिएको प्रति पार्टीका धेरै सदस्यहरुले आपत्ति जनाएका छन् । त्यस्तै पार्टीको भ्रातृ संगठन अनेरास्ववियुको विवादका विषयमा पनि छलफल हुनेछ ।  
 

  • Program on air
  • Program Name: अर्पण बुलेटिन
  • Program Host:
  • Time duration: 05:00 PM-05:25 PM
  • Next Program
  • Program Name: मध्यवर्ती आवाज
  • Program Host: महेश पाण्डे
  • Time duration: 05:30 PM-06:00 PM

Local News

Political News

International News

Sports News