Winamp windows Media Player Real Player QuickTime

एकीकृत माओवादीद्वारा उम्मेद्वार चयन गर्न समिति गठन

७ चैत
एकीकृत नेकपा माओवादी केन्द्रीय समितिको आज बसेको बैठकले आउने संविधानसभाको चुनावका लागि उम्मेद्वार निर्धारण समिति गठन गरेको छ । बैठकले महासचिव पोष्टबहादुर बोगटीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो । यसैगरी संविधानसभा चुनावको घोषणापत्र तयार पार्ने जिम्मा उपाध्यक्ष डा. बाबुराम भट्टराई संयोजकत्वको समितिलाई दिइएको छ । भोलि पनि बस्ने बैठकमा पार्टी केन्द्रीय सदस्य मनोनयन, पदाधिकारी चयन, जिम्मेवारी बाँडफाँटलगायतका विषयमा छलफल हुने बताइएको छ । हेटौडामा महाधिवेशन भएपछि डेढ महिनापछि एकीकृत माओवादी केन्द्रीय समितिको बैठक आज बसेको हो ।

यसैबीच आगामी संविधानसभाको चुनाव असारभित्रै संविधानसभाको चुनाव हुनुपर्ने र समानुपातिक प्रतिनिधित्वमा महिलाको सङ्ख्या ५१ प्रतिशत हुनुपर्ने माग गर्दै अन्तरपार्टी महिला सन्जालले आज एकीकृत नेकपा माओवादीलाई ज्ञापनपत्र बुझाएको छ । 

  • Program on air
  • Program Name: CIN साझा खवर
  • Program Host:
  • Time duration: 06:00 AM-06:30 AM
  • Next Program
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host:
  • Time duration: 06:30 AM-07:00 AM

Local News

Political News

International News

Sports News