Winamp windows Media Player Real Player QuickTime

संवैधानिक परिषद्ले पूर्णता पायो

७ चैत
रिक्त सदस्यहरू मनोनित गरिएपछि संवैधानिक परिषद्ले पूर्णता पाएको छ । अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले तीन मन्त्रीहरूलाई परिषद्को सदस्यमा आज नियुक्त गर्नुभएको हो । अध्यक्ष रेग्मीले आज गृह तथा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरे, महिला बालबालिका तथा समाज कल्याण मन्त्री ऋद्धिबाबा प्रधान र सूचना तथा सन्चारमन्त्री माधव पौडेललाई परिषद् सदस्यमा मनोनित गर्नुभएको हो । पाँच सदस्यीय संवैधानिक परिषद्को अध्यक्ष रेग्मी आफै रहनुहुने छ भने सदस्यसचिवको जिम्मेवारी मुख्य सचिव लिलामणि पौडेलले निर्वाह गर्नुहुने छ । 

Local News

Political News

International News

Sports News