Winamp windows Media Player Real Player QuickTime

पदाधिकारी नियुक्तिको प्रकृयाको बारेमा संवैधानिक परिषद्ले राष्ट्रपतिलाई जवाफ पठाउने

१० चैत
राष्ट्रपति रामवरण यादवले निर्वाचन आयोगमा पदाधिकारी नियुक्तिको प्रकृयामा थप कानुनी प्रस्टताको माग गरेपछि संबैधानिक परिषदले जवाफ पठाउने तयारी गरेको छ । आयोगकै पूर्वआयुक्तहरु नियुक्ति गर्दा संविधानका धारासँग बाझिनसक्ने संकेत गर्नुभएका राष्ट्रपतिलाई परिषदले सिफारिस संबिधानअनुकुल नै भएको जवाफ पठाउन लागेको हो । उच्चस्तरिय राजनीतिक समितिको प्रस्ताव अनुसार नै संवैधानिक परिषदले पूर्व आयुक्तहरुको नाम सिफारिस गरे पनि राष्ट्रपतिले हिजो परिषदका नाममा स्पष्ट जवाफको माग गर्दै पत्र पठाउनु भएको थियो । पत्रका विषयमा हिजो साँझ मन्त्रिपरिषद्का अध्यक्ष रेग्मी र प्रमुख दलका नेताहरुबीच भएको छलफलमा परिषदले गरेको सिफारिस संविधान अनुकूल नै रहेको निष्कर्ष निकालेको थियो । त्यसै आधारमा आज परिषदले राष्ट्रपतिलाई पत्र पठाउन लागेको हो । परिषदले यसअघि कार्यबाहक प्रमुख आयुक्त रहिसकेका निलकण्ठ उप्रेतीलाई प्रमुख आयुक्तमा र आयुक्त रहिसकेका दोलखबहादुर गुरुङ र अयोधिप्रसाद यादवलाई पुनः आयुक्तमा नियुुक्त गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो ।
 

  • Program on air
  • Program Name: नेपालवाणी समाचार
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 06:00 PM-06:30 PM
  • Next Program
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host: समाचार कक्ष
  • Time duration: 06:30 PM-07:00 PM

Local News

Political News

International News

Sports News