Winamp windows Media Player Real Player QuickTime

निर्वाचन आयोगमा आज पदाधिकारी नियुक्त हुँदै

११ चैत
निर्वाचन आयोगले आज पूर्णता पाउदैछ । राष्ट्रपति डा. रामवरण यादवले संवैधानिक परिषदको सिफारिसमा प्रमुख निर्वाचन आयुक्तमा नीलकण्ठ उप्रेती तथा आयुक्तहरुमा दोलखबहादुर गुरुङ, अयोधिप्रसाद यादव, इला शर्मा र रामभक्त पिबी ठाकुरलाई नियुक्त गर्ने तयारी गर्नुभएको छ । संवैधानिक परिषद्ले यसअघि सिफारिस गरिएका उप्रेती, गुरुङ र यादवलाई नियुक्त गर्न संविधानले नरोक्ने जवाफ दिएपछि राष्ट्रपतिले नियुक्तिको तयारी गर्नुभएको हो ।राष्ट्रपति यादवले एकपटक आयोगमा नियुक्त गरिएका पदाधिकारीलाई फेरि सरकारी निकायमा सिफारिस गर्न नमिल्ने प्रश्न उठेपछि यसबारे प्रष्ट पार्न गएको शुक्रबार पठाएको पत्रको जवाफ सहित परिषदले हिजो पहिलेकै नाम पठाएको थियो । संवैधानिक परिषदले पठाएको जवाफीपत्रमा नयाँ नियुक्ति गर्न लागिएकोले पुरानो कार्यकालको निरन्तरता नभएको स्पष्ट पारिएको छ ।
 

  • Program on air
  • Program Name: नेपालवाणी समाचार
  • Program Host:
  • Time duration: 03:00 PM-03:15 PM
  • Next Program
  • Program Name: top of the pop
  • Program Host: Binod/Shyamsundhar
  • Time duration: 03:15 PM-04:00 PM

Local News

Political News

International News

Sports News