Winamp windows Media Player Real Player QuickTime

निर्वाचन आयोगले पुर्णता पायो

चैत्र ११
राष्ट्रपति रामवरण यादवले संवैधानिक परिषदको सिफारिसमा आज निर्वाचन आयोगका पदाधिकारी नियुक्ती गर्नु भएको छ । संवैधानिक परिषदको सिफारिशमा निर्वाचन प्रमुख आयुक्तमा निलकण्ठ उप्रेती तथा आयुक्तहरु दोलखबहादुर गुरुङ, अयोधिप्रसाद यादव, इला शर्मा र रामभक्त पिबी ठाकुर नियुक्त भएका छन । शुक्रबार राष्ट्रपति कार्यालयले सिफारिश बारे संवैधानिक प्रश्न उठाउदै संवैधानिक परिषदलाई पत्र पठाएको थियो। हिजो परिषदले सिफारिस संविधानसम्मत भएको भन्दै राष्ट्रपतिलाई पत्राचार गरेपछि आज निर्वाचन आयोगमा पदाधिकारी नियुक्त भएका हुन् । संवैधानिक परिषद्ले चैत ७ गते निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्तहरुको नाम सिफारिस गरेको थियो । संविधानसभा विघटनपछि गठन भएको संवैधानिक परिषदले सिफारिस गरेका नाम राष्ट्रपतिले स्वीकृत गरेपछि आयोगमा पदाधिकारी नियक्त भएका हुन । निर्वाचन आयोगमा नया पदाधिकारी नियुक्ति भएपछि अब अन्तरिम सरकारलाई चुनाव मिति घोषणा गर्न बाटो खुला भएको छ । एक दुइ दिन भित्रमा नै नया चुनावको मिति घोषणा गर्ने सरकारले तयारी गरेकोे छ । प्रमुख आयुक्त उप्रेती आयोगका पूर्व कार्यवाहक प्रमुख हुनुहुन्छ । गुरुङ यसअघि कायम मुकायम आयुक्त रहनु भएको थियो भने यादव पूर्व आयुक्त हुनुहुन्छ । मधेसी कोटाबाट नव नियुक्त आयुक्त ठाकुर शर्मा आयोग लागि नया अनुहार हुन ।
 

  • Program on air
  • Program Name: Just For Enjoy
  • Program Host: Som Kumar / Rajan Dil
  • Time duration: 11:10 AM-12:00 PM
  • Next Program
  • Program Name: Nepalbani News
  • Program Host: Nepalbani Network
  • Time duration: 12:00 PM-12:15 PM

Local News

Political News

International News

Sports News