Winamp windows Media Player Real Player QuickTime

नेकपा माओवादीसहितको आन्दोलन

चैत्र ११
सरकारविरुद्ध आन्दोलनरत नेकपा(माओवादीसहितका ३३ दलले नेपाल बन्दसहितका १० दिने आन्दोलनको घोषणा गरेको छ । माओवादी कार्यालय बुद्धनगरमा आइतबार बसेको ३३ दलको बैठकले चैत १५ देखि २५ गतेसम्मको आन्दोलनको घोषणा गरेको हो । घोषित कार्यक्रम अनुसार १५ गते मुख्य शहरहरुमा कोणसभा गर्ने, १६, १७ र १८ गते भित्ते लेखन तथा प्रचार प्रसार, १९ गते, ठूला शहरहरुमा विरोध सभा गर्ने र २० गते विहान ९ देखि ११ बजे काठमाडौंमा सिहदरवार र जिल्लामा प्रशासन कार्यालय घेराउ गर्ने छ ।यस्तै २१ गते कालोझण्डासहित मोटरसाइकल र्याली जिकाल्ने, २२ गते कोणसभा र २५ गते नेपाल बन्द गर्ने ३३ दलले घोषणा गरेका छन् । ‘वर्तमान सरकार खारेज गरेर दलहरुकै नेतृत्वमा सरकार गठन गर्नु पर्छ भन्नेमा हामी सबैको सहमति हो’ क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले अनलाइनखबरसँग भन्नुभयो ।बैठकमा सरकारविरुद्ध आन्दोलनरत अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी र उपेन्द्र यादव नेतृत्वको मधेस जनअधिकार फोरम भने अनुपस्थित थियो । संयुक्त आन्दोलन गर्ने भनेपछि पार्टीमा निर्णय भइनसकेकाले दुई दलका नेताहरु नआएको थापाले जानकारी दिनुभयो ।
 

  • Program on air
  • Program Name: CIN साझा खवर
  • Program Host:
  • Time duration: 06:00 AM-06:30 AM
  • Next Program
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host:
  • Time duration: 06:30 AM-07:00 AM

Local News

Political News

International News

Sports News