Winamp windows Media Player Real Player QuickTime

आज निर्वाचनको आयोगको बैठक बस्दै, चुनावको तयारी बारे छलफल हुने

१२ चैत
संविधानसभाको दोस्रो निर्वाचनको तयारीका विषयमा छलफल गर्न आज निर्वाचन आयोगको बैठक बस्दैछ । आज दिउँसो बस्ने बैठकमा असारको पहिलो साता निर्वाचन गरिसकिने सम्भावनाका विषयमा छलफल हुनेछ । हिजो प्रमुख आयुक्त र आयुक्तहरुको नियुक्तिसँगै आयोगले पूर्णता पाएपछि आज बैठक बसेर निर्वाचन केन्द्रित छलफल गर्ने प्रवक्ता अनिलकुमार ठाकूरले जानकारी दिनुभयो । बैठकको समय १० बजेपछि तय हुने उहाँले जानकारी दिनुभयो । बैठकले अहिले सम्म गर्नुपर्ने काम र यसअघि भइसकेका कामको सूचि तयार गरेपछि सरकारसँग निर्वाचनको मितिका विषयमा छलफल गर्नेछ । नीतिगत रुपमा निर्वाचनका लागि चाहिने समय भन्दा कम रहेकाले व्यवहारीक विषयलाई ध्यानमा राखेर छोटो समयमा गर्न सकिने कामको सूचिलाई तयार हुने ठाकूरले बताउनुभयो । उहाँका अनुसार आज आयोगको बैठक बसेपछि निर्वाचन आयोगमा दर्ता भएका दलहरुसँग पनि छलपफल हुनेछ । असारमा नै निर्वाचन गराउन आयोग प्रतिवद्ध रहेकाले त्यसै अनुसारको तयारी हुने पनि उहाँले जानकारी दिनुभयो ।
 

Local News

Political News

International News

Sports News