Winamp windows Media Player Real Player QuickTime

एकीकृत माओवादीको बैठक बस्दै

१२ चैत
एकीकृत नेकपा माओवादी केन्द्रीय समितिको बैठक आज फेरि बस्दैछ । बिहीबार आजसम्मका लागि स्थगित भएको बैठक बिहान ११ बजेपछि पार्टी कार्यालय काटेश्वर पेरिसडाँडामा बस्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । बैठकमा केन्द्रीय समिति विस्तार, नेताहरुको कार्यविभाजन, महाधिवेसनले पारित गरेको कार्यायोजनाको कार्यान्वयन र चुनावका विषयमा छलफल हुनेछ । साथै बैठकमा एकीकृत माओवादीमा प्रवेश गर्न चाहेर एमाले परत्याग गर्नु भएका रामचन्द्र झा लगायतको जिम्मेवारीका विषयमा पनि कुराकानी हुनेछ । केन्द्रीय समिति बैठक बस्नुअघि त्यसको तयारीका लागि पदाधिकारीबीच अहिले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिमपाटमा छलफल भईरहेको छ ।  
 

  • Program on air
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host: समाचार कक्ष
  • Time duration: 07:00 AM-07:15 AM
  • Next Program
  • Program Name: शुभ विहानी
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 07:15 AM-07:30 AM

Local News

Political News

International News

Sports News