Winamp windows Media Player Real Player QuickTime

अन्तराष्ट्रिय महिला सम्मेलनमा राजनितिका कुरा

१३ चैत
ललितपुरको सानेपामा चलिरहेको अन्र्तराष्ट्रीय महिला सम्मेलनमा आज विभिन्न देशका सहभागीले राजनीतिमा महिलाको सहभागीता, समस्या र समाधान विषयमा कार्यपत्र प्रस्तुत गर्दैछन् । नेपाली महिला आन्दोलनको ऐतिहासिक उपलव्धि, चुनौती र निदान विषयमा अखिल नेपाल महिला संघले तयार गरेको कार्यपत्र अध्यक्ष विद्या भण्डारीले प्रस्तुत गर्ने कार्यक्रम छ । नेपालको राजनीतिक आन्दोलनमा महिलाको सक्रिय सहभागीता रहेपनि नेतृत्व र जिम्मेवारी दिन भने दलका नेताहरु उदासिन देखिएकाले सम्मेलनले त्यसप्रति ध्यानाकर्षण गराउने एमाले केन्द्रीय सदस्य राधा ज्ञवालीले बताउनुभयो । दलहरुले आवश्यक पर्दा प्रयोग गर्ने, भोट माग्न महिलालाई अघि लगाउने तर पद आफै लिनुपर्छ भन्ने सोंच, राज्यले गरेका अन्र्तराष्ट्रीय प्रतिबद्धता  पुरा गर्न नसक्नु, सरकारका नीति कार्यक्रमहरु कार्यान्वन हुन नसक्दा महिलाहरु अझै पनि राजनीतिमा हेपिएको उहाँको टिप्पणी छ । सम्मेलनमा सहभागी नेपाल सहित सात देशका प्रतिनिधिले राजनीतिमा महिलाको क्षमता अभिवृद्धि ग्रामीण भेगका महिलाको राजनीतिमा सुनिश्चितता लगायतका विषयमा अनुभव आदान प्रदान गर्नुका साथै भोगेका समस्या उठाउने र संयुक्त धारणा सार्वजनिक गर्ने तयारी रहेको अनेमसंघले जनाएको छ । सोमबार शुरु सम्मेलन काठमाडौ घोषणापत्र जारी गर्दै बिहीबार सकिनेछ ।
 

  • Program on air
  • Program Name: Arpan Khabar
  • Program Host: News Depart
  • Time duration: 01:00 PM-01:10 PM
  • Next Program
  • Program Name: Arpan Ko Chautari
  • Program Host: Dipendra / Rajan
  • Time duration: 01:10 PM-02:00 PM

Local News

Political News

International News

Sports News