Winamp windows Media Player Real Player QuickTime

तत्काल निर्वाचनको मिति तोक्न सरकारलाई राजनीतिक समितिको आग्रह

१६ चैत
प्रमुख चार राजनीतिक शक्तिका सदस्य सम्मिलित उच्चस्तरीय राजनीतिक समितिले तत्काल संविधानसभा चुनावको मिति घोषणा गर्न अन्तरिम चुनावी सरकारलाई आग्रह गरेको छ । समितिको आज बिहान बसेको बैठकले निर्वाचन आयोगसँगको परामर्शमा चुनावको मिति घोषणा गर्न सरकारसँग आग्रह गर्ने निर्णय गरेको हो । नयाँबानेश्वरमा रहेको सेना समायोजन समन्वय समितिको कार्यालयमा बसेको बैठकले संविधानसभाको निर्वाचनको विपक्षमा रहेका दलहरुसँग वार्ता गर्न संयन्त्र गठन गर्ने निर्णय पनि गरेको नेकपा एमाले उपाध्यक्ष बामदेव गौतलमले जानकारी दिनुभयो । मधेसी जनअधिकार फोरम नेपाल र नेकपा–माओवादी नेतृत्वमा रहेका छुट्टाछुट्टै मोर्चाले गरेको निर्वाचनको विरोध र उनीहरुको माग सम्बोधनको बारेमा तत्काल वार्ता गर्ने निर्णय समितिले गरेको छ । चुनावका लागि निर्वाचन आयोगले गरेको तयारीको बारेमा जानकारी लिने र उच्चस्तरीय राजनीतिक समितिको तर्फबाट आवश्यक पर्ने सहयोगको बारेमा पनि निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्ने निर्णय भएको छ ।  सत्य निरुपण तथा मेलमिलाप आयोग गठनको बारेमा आजको बैठकमा छलफल भए पनि आयोगका लागि सिफारिस समिति बनाउनुपर्ने वा नपर्ने भन्ने बारेमा कुरा मिल्न नसकेको बताइएको छ ।  
 

Local News

Political News

International News

Sports News