Winamp windows Media Player Real Player QuickTime

फेरि पनि संविधान नबने जनमत सङ्ग्रहबाट निकास खोज्नुपर्ने एमाले वरिष्ठ नेताको भनाइ

१६ चैत
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अबको संविधान सभाबाट पनि संविधान र संघीयता नभए जनमत संग्रहमा जानुपर्ने बताउनुभएको छ । प्रेस चौतारीले धनकुटामा गरेको कार्यक्रममा एमाले नेता नेपालले अब हुने चुनाव संविधान र संघीयता निर्माणका लागि अन्तिम भएको बताउनुभयो ।संविधान सभाले बनाउन नसके जनमत संग्रह गरेर संविधान र संघीयता निर्माण गर्नुपर्नेमा नेपालले जोड दिनुभयो । अबको चुनावमा एमालेले राष्ट्रीय एकतालाई कायम राख्दै पहिचान र सामथ्र्य सहितको संघीयतालाई मुख्य मुद्या बनाउने बताउनुभयो । समावेशीको मुद्यामा सवै जाति, बर्ग र समुदायलाई समेट्न आवश्यक रहेको र राज्य प्रणालीमा सुधार गर्नु पर्ने भएकाले संघीयताको पक्षमा एमाले कटिबद्ध रहेको नेपालको भनाई छ ।
 

  • Program on air
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host: समाचार कक्ष
  • Time duration: 07:00 AM-07:15 AM
  • Next Program
  • Program Name: शुभ विहानी
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 07:15 AM-07:30 AM

Local News

Political News

International News

Sports News