Winamp windows Media Player Real Player QuickTime

छिटो चुनावको मिति घोषणा गर्न दलहरूलाई राष्ट्रपतिको आग्रह

१७ चैत
राष्ट्रपति डा. रामवरण यादवले छिटोभन्दा छिटो चुनावको मिति घोषणा गर्न राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ । मुख्य चार राजनीतिक दलका नेताहरूसँग आज बिहान भएको छलफलका क्रममा राष्ट्रपति यादवले यस्तो आग्रह गर्नुभएको हो । यसैगरी राष्ट्रपतिले अन्यौल बढ्दै गएकोले चुनावी वातावरण बनाउन र चुनावको विरोधमा रहेका विभिन्न दलहरूलाई पनि सहमतिमा ल्याउन भन्नुभएको छ । जवाफमा नेताहरुले निर्बाचनको बाताबरण तयार गर्ने प्रयास भईरहेको भन्दै निर्बाचन बिरोधी दलहरुसंगपनि छलफल गर्ने तयारी भएको बताएका थिए । छलफल पछि एमाले उपाध्यक्ष वामदेव गौतमले जतिसक्दो चाँडो दलहरुले चुनावी वातावरण वनाउन पहल गर्ने र निर्वाचन आयोगसंग पनि छलफल गरि टुङ्गोमा पुग्ने जानकारी दिनुभयो । उहाँले चूनावी सरकार गठन भएपछि संबिधानसभाको निर्बाचनका लागी भएका प्रयास र प्रगतीका बिषयमा राष्ट्रपति यादबलाई जानकारी गराएको बताउनुभयो ।
चुनाव तयारीबारे जानकारी लिन राष्ट्रपतिले एकीकृत नेकपा माओवादी, नेपाली काङग्रेस, नेकपा एमालेसहित मधेसी मोर्चाका नेताहरूलाई आज बिहान शीतलनिवास बोलाउनुभएको हो । राष्ट्रपतिसँगको छलफलमा दलका नेताहरूले आफूहरू चुनावी वातावरण बनाउन सक्रिय रहेको र मिति तोक्न लगाउने विषयमा एकमत रहेको बताएका थिए ।  
 

  • Program on air
  • Program Name: Arpan Subha Sanjh
  • Program Host: Pratiksha
  • Time duration: 06:30 PM-07:00 PM
  • Next Program
  • Program Name: Sajha Khabar
  • Program Host: CIN
  • Time duration: 07:30 PM-08:00 PM
  • Program on air
  • Program Name: Arpan Local News
  • Program Host: News Depart
  • Time duration: 06:30 PM-07:00 PM
  • Next Program
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News