Winamp windows Media Player Real Player QuickTime

वार्ताबाट समस्या समाधान खोजेर चुनावमा भाग लिन दलहरुलाई रेग्मीको आग्रह

१७ चैत
अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले यो सरकार सबै दलहरुलाई समेटेर निष्पक्ष चुनाव गराउन प्रतिवद्ध रहेको बताउनुभएको छ । उहाँले सरकार संविधानसभाको चुनावको तयारीमा होमिसकेको र तोकिएको मितिमै चुनाव गराउने पनि बताउनुभयो । रिपोर्टर्स क्लब नेपालको १५ औं बार्षिक उत्सव समारोहमा बोल्दै अध्यक्ष रेग्मीले सबै दलहरुलाई चुनावमा भाग लिन आग्रह गर्नु भएको हो । नेकपा–माओवादी सहित आन्दोलनमा रहेका दलहरुलाई अध्यक्ष रेग्मीले वार्ताको माध्यमबाट समस्याको समस्याको समाधान खोज्न पनि आह्वान गर्नुभयो । ‘चुनावबाटै लोकतन्त्र प्राप्त हुन्छ रेग्मीलले भन्नुभयो,“म सबै दल र नागरिकहरुलाई चुनावमा भाग लिएर संविधानसभाको चुनाव सफल पार्न आग्रह गर्दछु ।” रेग्मीले संवैधानिक नियुक्ति, चुनावका लागि चाहिने कानूनको संसोधनमा सरकार लागि सकेको र केही दिनमा चुनावको मिति घोषण हुने पनि बताउनुभयो ।

 
  • Program on air
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host:
  • Time duration: 06:30 PM-07:00 PM
  • Next Program
  • Program Name: अर्पण शुभ साझ
  • Program Host:
  • Time duration: 07:00 PM-07:30 PM

Local News

Political News

International News

Sports News