Winamp windows Media Player Real Player QuickTime

कार्टरले भने विपक्षीलाई पनि सहमतीमा ल्याउनुस

१८ चैत
अमेरिकी पूर्व राष्ट्रपति एवं कार्टर सेन्टरका संस्थापक जिम्मी कार्टरले विपक्षीमा रहेकालाई सहमतिमा ल्याएर चुनाव गर्न शीर्ष राजनीतिक दलका नेतालाई सुझाव दिनुभएको छ । आज तीन दल र मधेशी मोर्चाका नेतासंगको भेटमा कार्टरले अवरोध हटाएर जतिसक्यो छिटो चुनाव गर्न सुझाव दिनुभएको हो ।चुनावका लागि आवश्यक पर्ने सबै सहयोग गर्न तयार रहेको पनि कार्टरले बताएको एमाले अध्यक्ष झलनाथ खनालले जानकारी दिनुभयो । कांग्रेस सभापति सुशील कोइरालाले कार्टर संविधान, शान्ति र स्थायित्वका बारेमा चिन्तित भएको पाएको बताउनुभयो ।मुलुकको स्थायित्वका लागि चुनाव नै एकमात्र विकल्प भन्दै कार्टरले एक भएर अघि बढ्न आग्रह गरेको कोइरालाले जानकारी दिनुभयो । कार्टरले आजनै निर्वाचन आयोगका पदाधिकारीसंग छलफल गर्ने कार्यक्रम छ । शनिबार मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीसित भेट गरेका कार्टरले चुनावको अनुगमन तथा पर्यवेक्षणका लागि अनुमति दिन आग्रह गर्नुभएको थियो । संविधानसभा चुनावबारे बुझ्न शुक्रबार काठमाडौ कार्टर भ्रमण पूरा गरी सोमबार म्यान्मार जानुहुनेछ ।
 

  • Program on air
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host: समाचार शाखा
  • Time duration: 06:30 PM-7:00 PM
  • Next Program
  • Program Name: अर्पण शुभ साँझ
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 7:00 PM-7:30 PM

Local News

Political News

International News

Sports News