Winamp windows Media Player Real Player QuickTime

आयोगद्वारा तीन वटा कानून संशोधनको प्रस्ताव

१९ चैत
निर्वाचन आयोगले निर्वाचनसँग सम्बन्धित कानून संशोधनका लागि तयार पारिएको मस्यौदालाई अन्तिम रुप दिएको छ । आयोगको कार्यालय कान्तिपथमा आज बिहान बसेको आयोगको पदाधिकारी बैठकले कानून संशोधनको प्रस्तावलाई अन्तिम रुप दिएको हो । बैठकले निर्वाचनसम्बन्धी कानून, संविधानसभा निर्वाचनसम्बन्धी कानून र मतदाता नामावलीसम्बन्धी कानून संशोधनको प्रस्ताव गर्ने निर्णय गरेको हो । आयोगले आगामी संविधानसभाको चुनावमा कुल सदर मतको कम्तिमा १ प्रतिशत मत प्राप्त गर्ने दललाई मात्र समानुपातिकको सिट दिनुपर्ने प्रस्ताव पनि सरकार समक्ष पठाउने भएको छ । हिजोको ३३ दलको बैठकमा एक दशमलव ५ प्रतिशत मत ल्याउनेलाई समानुपातिक सिट दिनुपर्ने प्रस्तावको बारेमा आयोगले छलफल चलाएको भए पनि आजको पदाधिकारी बैठकले न्यूनतम एक प्रतिशत मत ल्याउनुपर्ने प्रस्ताव गर्ने निर्णय गरेको हो ।  

  • Program on air
  • Program Name: डियर कल्याणको मेरो कथा
  • Program Host: डियर कल्याण
  • Time duration: 09:15 PM-10:00 PM
  • Next Program
  • Program Name: नेपाल एफ.एम. समाचार
  • Program Host: नेपाल एफ.एम. नेटवर्क
  • Time duration: 10:00 PM-10:15 PM

Local News

Political News

International News

Sports News