Winamp windows Media Player Real Player QuickTime

नेकपा–माओवादीसहितका साना दलद्वारा नामावली सङ्कलन रोक्न आग्रह

१९ चैत
नेकपा–माओवादीलगायतका साना दलहरुले निर्वाचन आयोगका पदाधिकारीलाई भेटेर दलहरुको बीचमा नयाँ सहमति नभएसम्मका लागि मतदाता नामावली सङ्कलन कार्य रोक्न आग्रह गरेका छन् । आयोगको कार्यालय कान्तिपथ पुगेर विभिन्न ५३ दलका प्रतिनिधिहरुले प्रमुख चार राजनीतिक शक्तिबीच भएको सहमति असंवैधानिक रहेकोभन्दै त्यो नसच्चिएसम्मका लागि नामावली सङ्कलन कार्य रोक्न आग्रह गरेका हुन् । निर्वाचन विरोधी दलहरुको तर्फबाट प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीलाई ज्ञापनपत्र बुझाउँदै नेकपा–माओवादी सचिव देवप्रसाद गुरुङले नामावली सङ्कलन कार्य नरोके त्यसको प्रतिकारबाट हुने क्षतिको जिम्मेवारी सरकार र आयोगले लिनुपर्ने बताउनुभयो । चार राजनीतिक शक्तिको सहमति असंवैधानिक भएको दाबी गर्दै सचिव गुरुङले मतदाता नामावली सङ्कलन रोक्नु आफूहरुको बाध्यता भएको बताउनुभयो । जवाफमा प्रमुख निर्वाचन आयुक्त उप्रेतीले चन्द्रसूर्य सबैको साझा भएजस्तै निर्वाचन आयोग पनि सबै नेपालीको साझा भएकोले आयोगको गर्ने कामकारबाहीमा अवरोध नपु¥याउन आग्रह गर्नुभयो । दलहरुबीच विवाद जारी रहे पनि आयोगले नामावली सङ्कलन कार्यलाई नरोक्ने प्रमुख आयुक्त उप्रेतीको भनाइ थियो । निर्वाचन आयोग सबैको साझा भएकोमा उप्रेतीको जोड थियो । आयोगका पदाधिकारीसँगको छलफलपछि नेकपा–माओवादी सचिव गुरुङले संविधानसभाको निर्वाचनका लागि गर्न लागिएको नामावली सङ्कलनमा पु¥याइएको अवरोध जारी रहने बताउनुभयो । 

Local News

Political News

International News

Sports News