Winamp windows Media Player Real Player QuickTime

सत्ता हस्तान्तरण गर्नसरकार आतुर–सञ्चारमन्त्री पौडेल

२० चैत
सूचना तथा सञ्चार मन्त्री माधव पौडेलले निर्वाचनमार्फत् संविधानसभा गठन गरि सत्ता हस्तान्तरण गर्न वर्तमान सरकार आतुर रहेको बताउनु भएको छ । रेडियो नेपालको ६३ औँ बार्षिकोत्सवमा मन्त्री पौडेलले सञ्चारकर्मीलाई निर्वाचनको माहौल र वातावरण तयार गर्न आग्रह गर्नुभयो । मन्त्री पौडेलले सञ्चारकर्मीलाई निर्वाचनको वातावरण तयार गर्न सहयोगका लागि अपिल गर्नुभयो । उहाँले सरकारको उद्देश्य निर्वाचन गर्नु भएको भन्दै वर्तमान सरकार बाध्यात्मक परिस्थितिको उपज भएको उल्लेख गर्नुभयो । मन्त्री पौडेलले सरकारले रेडियो नेपालमाथि कुनै हस्तक्षेप नगर्ने स्पष्ट गर्दै रेडियो नेपाल सुधारका लागी स्पष्ट कार्ययोजना ल्याउन व्यवस्थापनलाई निर्देशन दिनुभयो ।
 

  • Program on air
  • Program Name: CIN साझा खवर
  • Program Host:
  • Time duration: 06:00 AM-06:30 AM
  • Next Program
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host:
  • Time duration: 06:30 AM-07:00 AM

Local News

Political News

International News

Sports News