Winamp windows Media Player Real Player QuickTime

आन्दोलनकारी दलले गरे सिंहदरवार घेराऊ

२० चैत
संविधानसभा चुनाव विथोल्ने भन्दै आन्दोलनमा रहेका नेकपा–माओबादीसहितका ३३ दलले आज सिंहदरवार घेराउ गरेका छन् । रेग्मी नेतृत्वको सरकार, चार दलीय समिति र यो सरकारले गराउन लागेको निर्वाचनको विरोधमा रहेका आन्दोलनरत दलहरुले विहान ९ देखि ११ बजेसम्म सिहदरवार घेराउ गरेका हुन् । सिंहदरबार घेराउपछिको कोणसभामा बोल्ने नेताहरुले सरकारले शान्तिपूर्ण आन्दोलनको वेवास्ता गरे जस्तोसुकै कदम चाल्न पनि आफूहरु पछि नपर्ने चेतावनी दिए । दलविहीन सरकार गठन गरेर ठूला चार दलले मुलुकलाई निर्दलीयता लादेको भन्दै उनीहरुले  चरणबद्ध आन्दोलन गर्दै आएका छन् ।अहिलेको प्रक्रियाका विरोधमा ती दलले निर्वाचन आयोगलाई विरोध पत्रसमेत बुझाइसकेका छन् । आन्दोलनरत दलले मतदाता नामावली संकलनमा अवरोध हुँदा उक्त कार्य नै बन्द गरिएको छ । आन्दोलनरत दललाई वार्तामा ल्याउन सरकारले वार्ता टोली बनाए पनि ती दलले भने राष्ट्रपतिसँग मात्र वार्ता गर्ने अडान लिएका छन् ।
 

  • Program on air
  • Program Name: अर्पण बुलेटिन
  • Program Host:
  • Time duration: 05:00 PM-05:25 PM
  • Next Program
  • Program Name: मध्यवर्ती आवाज
  • Program Host: महेश पाण्डे
  • Time duration: 05:30 PM-06:00 PM

Local News

Political News

International News

Sports News