Winamp windows Media Player Real Player QuickTime

काङ्ग्रेस महासमिति बैठक आजदेखि नवलपरासमिा सुरु हुँदै

२६ चैत
नेपाली काङ्ग्रेसको महासमिति बैठक आजदेखि नवलपरासीमा सुरु हुँदैछ । राजनीतिक कार्यदिशा र पार्टीको विधानका विषयमा छलफल गर्न बोलाइएको महासमिति बैठकमा चारवटा छुट्टा–छुट्टै दस्तावेजमा छलफल हुनेछन् । बैठकका लागि काङ्ग्रेसका सबै नेताहरु नवगलपरासीको त्रिवेणीधाम पुगिसकेका छन् । तीन दिनसम्म चल्ने बैठकले उपसभापति रामचन्द्र पौडेलले पेश गर्ने राजनीतिक प्रतिवेदनले संविधानसभा विघटनदेखि अबको संविधानसभा चुनावका विषयमा छलफल गर्दै एउटा बाटो तय गर्नेछ । त्यस्तै महामन्त्री कृष्णप्रसाद सिटौलाले पेश गर्ने विधान संसोधन प्रस्तावमा नेताहरुको कार्यविभाजन र पदाधिकारीको अधिकार लगायतका विषयमा छलफल हुनेछ । संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा हुन लागेको महासमिति बैठकबाट राज्यपुनर्संरचनाका विषयमा आफ्नो आधिकारीक भनाई बाहिर ल्याउने नेताहरुले बताएका छन् । काङ्ग्रेसले ७ र १३ प्रदेशसहितको यसअघि सार्दै आएको अडानलाई केही परिमार्जन गरेर आधिकारीक धारणा तय गर्नेछ । प्रवक्ता दिलेन्द्रप्रसाद बडुले यो महासमिति बैठकले संविधानसभाको चुनाव, आगामी राजनीतिका विषयमा एउटा चित्र दिने दावी गर्नुभयो । उहाँले पार्टीको विधान, कार्यविभाजन, नेतृत्वका विषयमा छलफल चले पनि मूल विषय संविधानसभाको चुनावमा केन्द्रित रहने बताउनुभयो । बैठकमा सदस्यहरुले केन्द्रीय नेतृत्वको आलोचना गर्ने र वर्तमान सरकारका विषयमा पनि आवाज उठाउने तयारी गरेका छन् ।  दिउँसो १२ बजेपछि उद्घाटन तय गरिएको महासमिति बैठकमा देशभरका एक निर्वाचन क्षेत्रबाट पाँच जनाका दरले १३ सय महासमिति प्रतिनिधि र केन्द्रीय समितिका पदाधिकारी सहभागी हुनेछन् । आमसभा परासीमा रहेको आदर्श उच्च माविको प्राङ्गणमा हुने जानकारी दिइएको छ । आमसभा सकिएपछि प्रतिनिधि र नेताहरुलाई २४ किलोमिटर उत्तरपूर्वमा रहेको त्रिवेणीधामा पुर्याइनेछ ।
 

Local News

Political News

International News

Sports News