Winamp windows Media Player Real Player QuickTime

नेकपा एमाले पोलिटब्युरो बैठक आजदेखि बस्दै

२६ चैत
अव हुने संविधासभाको निर्वाचन र चुनावको रणनीति तय गर्न नेकपा एमाले पोलिटब्युरो बैठक आजदेखि सुरु हुदैछ । बैठकमा चुनावको मिति घोषणासगै चुनावका बारेमा आइरहेका चर्चा र एमालेको आधिकारीक धारणाका विषयमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् । नचुनावी रणनीतिका बारेमा पोलिटब्युरोले बनाएको अवधारणाका आधारमा केन्द्रीय समितिले त्यसलाई अन्तिम रुप दिने पोलिटव्युरो सदस्य रघुजी पन्तले जानकारी दिनुभयो । बैठकमा असारमा चुनाव हुन सम्भव नभएको निस्कर्र्ष सहित कात्तिक वा मंसिरका विषयमा साझा धारणा बनाउने विषयमा पनि छलफल हुनेछ । चुनावी तालमेल गर्ने वा नगर्ने सहित चुनावसग जोडिएका सबै विषयमा छलफल हुने पन्तले बताउनुभयो । बैठकमा उच्चस्तरीय राजनीतिक समितिमा देखिएको सहभागिताको विवादका विषयमा पनि छलफल हुनेछ । आजको बैठकमा रामचन्द्र झाले पार्टी छाडेपछिको अवस्था, नेताहरुको कार्यविभाजन र एमाले छाडेका नेताहरुलाई फर्काउने विषयमा पनि छलफल हुनेछ । एमालेले आजै पाटी छाडेकालाई फकिर्ने आग्रहसहित चिठी पठाउने पनि तयारी गरेको छ । बैठक विहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय मदननगर बल्खुमा बस्नेछ ।
 

  • Program on air
  • Program Name: Offline Choice
  • Program Host:
  • Time duration: 01:00 PM-02:00 PM
  • Next Program
  • Program Name: Arpan Samachar
  • Program Host: News Desk
  • Time duration: 02:00 PM-02:15 PM

Local News

Political News

International News

Sports News