Winamp windows Media Player Real Player QuickTime

एमाले अध्यक्ष खनालले भने चुनाव कार्तिकको अन्तिममा सवैलाई उपयुक्त

चैत २७
एमालेका अध्यक्ष झलनाथ खनालले आगामी कात्तिकको अन्त्यतिर संविधानसभाको निर्वाचन गराउनु सबैका लागि उपयुक्त हुने बताएका छन् ।  एमाले इलाम–काठमाडौ सम्पर्क मञ्चद्धारा सहिद रत्नकुमार वान्तवाको ३४ औं स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा अध्यक्ष खनालले गत फागुन ३० गतेको सहमतिमा सकेसम्म असारभित्र र नभएमा मङसिरभित्र संविधानसभाको निर्वाचन गराउने स्पष्ट उल्लेख भएकाले आफ्नो पार्टी त्यसमा अडिग रहेको बताए ।एमाले चाँडो निर्वाचनको पक्षमा भए पनि बिना तयारी निर्वाचन नहुने उनको भनाइ थियो ।एमाओवादीले निवर्तमान सरकारको पालामा सेट गरेको प्रशासनिक संयन्त्रलाई दुरुपयोग गरेर दुईतिहाइ मत ल्याउने सपना देखेको हो भने एमालेले त्यसलाई पूरा हुन नदिने पनि अध्यक्ष खनालले बताए ।
यस्तै पूर्व सभामुख सुवास नेम्बाङले एमाले एकताबद्ध भएर जाने हो भने बलियो शत्ति बन्ने र त्यस्तो अवस्थामा मुलुकले सङकटबाट पार पाउने वताउनु भयो ।
कार्यक्रममा बोल्दै एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीहरु नेपथ्यमा बसेर बनाइएको गैरराजनीतिक नेतृत्वको सरकारले मुलुकको राजनीतिलाई लिकमा ल्याउनेमा शङका रहे पनि तयारीसहित निर्वाचनमा जानुपर्नेमा जोड दिएका छन्  ।
 

  • Program on air
  • Program Name: Bani Bahas
  • Program Host: Rishi Dhamala
  • Time duration: 06:30 AM-07:00 AM
  • Next Program
  • Program Name: Arpan Local News
  • Program Host: News Desk
  • Time duration: 07:00 AM-07:15 AM

Local News

Political News

International News

Sports News