Winamp windows Media Player Real Player QuickTime

काग्रेशको वैठकमा विभिन्न प्रतिवेदन प्रस्तुत

चैत २७
नेपाली काङ्ग्रेसको महासमिति बैठकको बन्दसत्र नवलपरासीमा चलिरहेको छ । आजको बैठकमा उपसभापति रामचन्द्र पौडेलले राजनीतिक, आर्थिक र सामाजिक कार्यदिशा समेटिएको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । उहाँले प्रतिवेदनमा राजनीतिक दलहरूसँगको सम्बन्ध, संविधानसभा विघटन हुनुको कारण, अब हुने चुनावमा पार्टीको रणनीतिलगायतका विषयहरू उल्लेख गर्नुभएको छ । प्रतिवेदन प्रस्तुत गर्दै उपसभापति पौडेलले मुलुकमा राजनीतिक गतिरोध अन्त्यका लागि पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । उहाँले अन्तरिम चुनावी सरकार गठनबाट मुलुकमा राजनीतिक गतिरोध अन्त्य भएको र नागरिकले राहतको महसुस गरेको दाबी गर्नुभयो ।
यसैगरी बन्दसत्रमा महामन्त्री कृष्णप्रसाद सिटौलाले विधान संशोधन प्रस्ताव र कोषाध्यक्ष चित्रलेखा यादवले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । बन्दसत्रमा प्रस्तुत भएका प्रतिवेदनहरूमाथि केहीबेरमा सामुहिक छलफल सुरु हुने कार्यक्रम छ । महाधिवेशन सकिएको ३० महिनापछि भएको काङ्ग्रेस महासमिति बैठकले सङ्घीयता, शासकीय संरचना र संविधानसभा चुनावबारे पार्टीको धारणा तय गर्ने बताइएको छ । १३ सय प्रतिनिधिहरू सहभागी रहेको महासमिति बैठक पर्सिसम्म चल्ने छ ।
 

  • Program on air
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host:
  • Time duration: 06:30 PM-07:00 PM
  • Next Program
  • Program Name: अर्पण शुभ साझ
  • Program Host:
  • Time duration: 07:00 PM-07:30 PM

Local News

Political News

International News

Sports News