Winamp windows Media Player Real Player QuickTime

काङ्ग्रेस महासमितिको बैठकमा समूहगत छलफल

२८ चैत
नेपाली काग्रेसको त्रिवेणीस्थित गजेन्द्रमोक्ष धाममा जारी बन्दसत्रमा महासमिति सदस्यहरुले अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई प्रधानन्यायाधीश पदबाट राजीनामा गराउनुपर्ने जोडदारका साथ आवाज उठाएका छन् । बैठकमा कायैकर्ताले पूर्वमुख्यसचिव लोकमानसिंह कार्कीको समेत खोइरो खनेका छन् ।  कार्यपालिकाको प्रमुख र न्यायपालिकाको प्रमुख एउटै व्यक्ति हुदा शक्तिपृथकीकरण विपरीत हुने भन्दै रेग्मीलाई प्रधानन्याधीश पदबाट राजिनामा गराउनुपर्ने प्रतिनिधिहरुले नेतृत्वलाई दबाव दिएका छन् । बैठकमा महासमिति सदस्यहरुले लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाउने तयारी गरेको भन्दै त्यस्तो तयारीप्रति चर्को विरोध गरेका छन् । कार्कीलाई अख्तियार प्रमुख बनाउन चारदलीय बैठकमा काग्रेस नेतृत्वले सहमति जनाएकोमा कार्यकर्ताले आपत्ति जनाएका हुन् ।
बन्दसत्रमा उपसभापति रामचन्द्र पौडेलको राजनीतिक प्रस्तावमाथि समूहगत छलफल चलिरहेको छ । सामूहिक छलफलका लागि १४ अञ्चलका महासमिति सदस्यलाई १४ समूहमा विभाजन गरिएको छ । पौडेलले पेश गरेको प्रस्ताव अस्पष्ट र अपूर्ण रहेको भन्दै महासमिति बैठकमा सदस्यहरुले चर्को आलोचना गरेपछि समूह छुट्याएर छलफल गराइएको हो ।पौडेलको प्रस्तावमा राज्यको पुनसंरचना गर्दा ७ वा १३ मध्ये कति बनाउने र चुनावमा कसरी जानेबारे प्रष्ट उल्लेख नगरिएको प्रतिनिधिहरुले बताएका छन् ।मधेसी, जनजाति, महिला, अल्पसंख्यकबारे प्रष्ट उल्लेख नगरिएको भन्दै जारी बन्दसत्रमा पुनसंरचनाको स्पष्ट खाका ल्याउन महासमिति सदस्यहरुले आग्रह गरेका छन् ।
 
 

  • Program on air
  • Program Name: Just For Enjoy
  • Program Host: Som Kumar / Rajan Dil
  • Time duration: 11:10 AM-12:00 PM
  • Next Program
  • Program Name: Nepalbani News
  • Program Host: Nepalbani Network
  • Time duration: 12:00 PM-12:15 PM

Local News

Political News

International News

Sports News