Winamp windows Media Player Real Player QuickTime

तत्काल चुनावको मिति घोषणा गर्नु पर्छ प्रचण्ड

२८ चैत
एकिकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले तत्काल नयाँ निर्वाचनको मिति तोक्न सरकारलाई आग्रह गर्नुभएको छ । समयमै निर्वाचन गराउन नसके परिस्थिती जटिल बन्दै जाने भन्दै अध्यक्ष प्रचण्डले छिटो निर्वाचन गरेर मुलुकलाई गति दिन मन्त्रि परीषदका अध्यक्ष खिलराज रेग्मीलाई आग्रह गर्नुभयो । उद्योग बाणीज्य महासंघको ४७ औ बार्षिक साधारण सभालाई संबोधन गर्दै अध्यक्ष प्रचण्डले सरकारले आफ्नो जिम्मेबारी पुरा गर्न ढिला गरेमा त्यो स्वीकार्य नहुने पनि बताउनुभयो ।   कार्यक्रममा कांग्रेस सभापति सुशील कोइरालाले नवलपरासीबाट पठाउनु भएको प्रत्यक्ष भिडियो सन्देशमा चुनावका लागि पहिला सबै पक्षले तयारी गर्नुपर्ने बताउनुभएको छ । तयारी बिना चुनाव सम्भव नरहेको भन्दै उहाँले दल, सरकार र निर्वाचन आयोग तयारीमा जुट्नु पर्नेमा जोड दिनुभयो । मिति प्रमुख कुरा नभएकाले यसमा अल्झिन नहुने कोइरालाको बुझाइ छ । उहाँले औद्योगिक विकासका लागि कांग्रेसले सधै साथ दिने पनि बताउँनुभयो ।
यस्तै सोही कार्याक्रमलाई संबोधन गर्दै नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले निर्वाचनको मिति तोकेर मात्र निर्वाचन नहुने बताउनु भएको छ । मिति तोक्नका लागी बिबिध समस्या भएकाले त्यसै मिति तोक्न नहुने बताउनुभयो । बर्तमान सरकार सग देश र अन्तराष्ट्रीय निकायले धेरै ठुलो अपेक्षा राखेको बताउदै  सरकारका सामु निर्वाचन गराउन ठुलो चुनौति भएपनि  निर्वाचन गराउनै पर्ने कार्यभार भएकाले छिट्टो निर्वाचन गराउन जरुरी रहेको बताउनु भयो ।
मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका  अध्यक्ष विजयकुमार गच्छदारले चुनावका लागि सरकारलाई सहयोग गर्न आफ्नो दलप्रतिवद्ध रहेको बताउनुभयो ।  गच्छदारले छिटो संविधानसभाको चुनावको मिति घोषणा गरेर संकट समाधान गर्नुपर्ने बताउनुभयो । राजनीतिक संकटका कारण आर्थिक विकास प्रभाव परिरहेकाले छिटो संविधानसभाको चुनाव गरि निकास दिनुपर्ने गच्छदारले बताउनुभयो । कार्यक्रममा मधेसी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले आर्थिक विकासका प्रतिवद्धतासँगै राजनीति प्रतिवद्धताको पनि आबश्यक रहेको बताउनुभयो । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष  यादवले राजनीतिक दलहरुबीच सहमति नभई फेरि पनि संविधान बन्न नसक्ने दाबी गरे ।
 

Local News

Political News

International News

Sports News