Winamp windows Media Player Real Player QuickTime

माओवादीका कारण संविधान नबनेको काङ्ग्रेस नेता देउवाको भनाइ

२८ चैत
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले एकीकृत नेकपा माओवादीकै कारण संविधान नबनेको बताउनुभएको छ । पत्रकार महासंघ नवलपरासी शाखाले आयोजना गरेको भेटभाट कार्यक्रममा नेता देउवाले एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डकै कारण संविधान बन्न नसकेको आरोप लगाउनुभयो । देउवाले काङ्ग्रेसलाई सङ्घीयता देखाएर ढाँटको खेती भइरहेको दावी गर्नुभयो । महासमितिको बैठकपछि महासमिति सदस्यहरु अब गाउँ गाउँमा सङ्घीयताबारे स्पष्ट धारणा लिएर जाने उहाँले बताउनुभयो । देउवाले पार्टीभित्र तीन नेतामा कुनै विवाद नरहेको स्पष्ट पार्दै पार्टी एक ढिक्का नै रहेको दाबी गनुभयो ।
 

  • Program on air
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host:
  • Time duration: 06:30 PM-07:00 PM
  • Next Program
  • Program Name: अर्पण शुभ साझ
  • Program Host:
  • Time duration: 07:00 PM-07:30 PM

Local News

Political News

International News

Sports News