Winamp windows Media Player Real Player QuickTime

फोरम नेपालको १२ बुँदे माग सार्वजनिक

२८ चैत
मधेसी जनअधिकार फोरम नेपालले १२ बुदे माग अघि सार्दै त्यो पुरा नभएसम्म निर्वाचनमा भाग नलिने चेतावनी दिएको छ । आज  रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दलहरुवीच आम सहमति नभएसम्म निर्वाचन हुन नसक्ने बताउनु भयो । निर्वाचन भन्दा पहिला गाविसको सिफारिस, गाँउले सर्जमिन, मोहियानी वा अन्य सम्पतिको निस्सा र करतिरेको रसिदको आधारमा नागरिकता अभियानकै रुपमा वितरण गर्नु पर्ने र त्यसपछि कोही पनि नछुट्ने गरी मतदाता नामावली संकलन गर्नु पर्ने तर पनि मतदाता नामावलीको लागि नागरिकता अनिवार्य नगर्नु पर्ने फोरमको माग छ ।त्यस्तै विगतका मतदाता नामावली नाम भएकालाई नागरिकता नभए पनि भोट हाल्न दिनु पर्ने, २०६८ सालको जनगणना अनुसार पुनः निर्वाचन क्षेत्र निर्धारण हुनु पर्ने, समानुपातिक प्रतिनिधित्व पहिलाकै आधारमा हुनु पर्ने माग पनि अघि फोरमले अघि सारेको छ । उच्चस्तरीय राजनीतिक समिति असंवैधानिक भएको भन्दै खारेज गर्नु पर्ने माग गरेको फोरम नेपालले बाधा अडकाउ फुकाउलाई सच्याउनु पर्ने बताउको छ ।फोरम अध्यक्ष यादवले संविधानसभा र स्थानीय निकायको निर्वाचन एकै पटक गर्नु पर्ने र संविधानसभाको निर्वाचनमा जानु अघि संविधानको खाँकामा सहमति गर्नु पर्ने माग गर्नुभयो ।
 

  • Program on air
  • Program Name: CIN साझा खवर
  • Program Host:
  • Time duration: 06:00 AM-06:30 AM
  • Next Program
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host:
  • Time duration: 06:30 AM-07:00 AM

Local News

Political News

International News

Sports News