Winamp windows Media Player Real Player QuickTime

कांग्रेसका नेताहरुको कुरा

४ बैशाख
नेपाली कांग्रेसका बरिष्ठ नेता शेर वहदुर देउवाले आगामी निर्वाचनमा कुनैपनि दलहरुविच गठबन्धन हुन नसक्ने दावी गर्नुभएको छ । नेपाल तरुणदलले आज राजधानीमा गरेको चियापान कार्यक्रममा नेता देउवाले दलहरुविच मोर्चाबन्दी सम्भव नभएको बताउनुभएको हो ।  सँविधान सभामा अन्यदलहरुसँग सहकार्य गर्ने विषयमा काङग्रेस भित्रै छलफल चलिरहेका बेला नेता देवाको यस्तो भनाइ सार्वजनिक भएको हो कार्यक्रममा उपसभापति रामचन्द्र पौडेलले मंसिरको  पहिलो साताभित्रै
संविधानसभाको निर्वाचन सम्पन्न हुने दाबि गर्नुभएको छ । संविधानसभाबाट संविधान बनाउनका लागी प्रधानन्यायधीको नेतृत्वमा नयाँ सरकार गठन गरेकाले चुनावको निश्पक्षतमा ढुक्क हुन उहाँले आग्रह गर्नुभयो । नेता रामशरण महतले निर्वाचनको तयारीमा जनसंख्या र भौगोलिक क्षेत्रका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्नेमा जोड दिनुभयो ।कार्यक्रममा तरुण दलका अध्यक्ष उदय शमशेर राणाले आगामी निर्वाचनमा सँगठनमा आवद्ध युवाहरुलाई परिचालन गर्ने विषयमा तयारी गरिरहेको जानकारी दिनुभयो ।
 

Local News

Political News

International News

Sports News