Winamp windows Media Player Real Player QuickTime

वर्तमान सरकार हटाउने प्रतिवद्धता नआए वार्ता हुन्नः गजुरेल

४ बैशाख
नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले वर्तमान् सरकारलाई हटाउने प्रतिबद्धता नआएसम्म बार्ता नगर्ने बताउनु भएको छ ।रिपोर्टस क्लबले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा सचिव गजुरेलले चैत १ गते चार दलबीच भएको ११ बुँदे सम्झौता, बाधा अडकाउ फुकाउ आदेश, त्यसबाट बनेको सरकारको विघठन र गोलमेच सम्मेलनबाट नयाँ सरकार गठनको ठोस प्रतिबद्धता नआएसम्म राष्ट्रपतिसँग पनि वार्ता नगर्ने बताउनुभयो ।उहाँले राष्ट्रपतिले आफूहरुलाई बारम्बार वार्ताको लागि बोलाएको भन्दै उहाँले माग पुरा गर्ने ठोस प्रतिबद्धता नआएसम्म वार्ता गर्नुको औचित्य नै नहुने बताउनुभयो । यद्यपि सरकारले भने अहिलेसम्म आफूहरुलाई वार्ताको लागि कुनै पत्र नपठाएको गजुरेलले जानकारी दिनुभयो ।गजुरेलले चार दलबीच भएको ११ बुँदे सम्झौताले मुलुकलाई संविधान विहीनता र निरंकुशतातर्फ लगेकाले  असारमा निर्वाचन हुन नसकेको दावी गर्नुभयो ।  यथास्थितिमा निर्वाचन गर्नु ज्ञानेन्द्र शैलीको नौटंकी मात्रै हुने गजुरेलको तर्क छ ।
 

  • Program on air
  • Program Name: ॐ ब्रम्ह सन्देश/प्रवचनमाला
  • Program Host:
  • Time duration: 04:00 AM-05:00 AM
  • Next Program
  • Program Name: प्रभात वाणी
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 5:30 AM-5:55 AM

Local News

Political News

International News

Sports News