Winamp windows Media Player Real Player QuickTime

आईपिएलमा आज दुई खेल,,राजस्थानलाई हराउँदै चेन्नेई शीर्ष स्थानमा

वैशाख १०
धुर्वराज खनाल
इन्डियन प्रिमियर लिगमा आज दुई वटा खेल हुदैछ । अपरान्ह सवा चार वजेपछि हुने खेलमा रोयल च्यालेन्जर्स वैंग्लौर र पुने वारियर्स भिड्नेछन् । सात खेलबाट १० अंक जोडेको वैंग्लौर आजको खेल जित्दै फेरी शीर्ष स्थानमा उक्लने कोसिसमा रहनेछ भने पुने तेश्रो जीत निकाल्दै सातौ स्थानमा पुग्ने सुरमा छ । पुने सात खेलबाट ४ अंकसहित आठौ स्थानमा छ । त्यस्तै वेलुका सवा आठ वजेपछि हुने दोश्रो खेलमा दिल्ली डेयर डेविल्स र किग्स इलेभेन पञ्जावबीच प्रतिस्पर्धा हुनेछ । पञ्जावको ६ खेलबाट ६ अंक छ भने दिल्लीले खेलेको ७ खेल मध्येमा एकमा मात्र जीत निकाल्दै तालिकाको पुछारमा छ । यस अघि गयराती सकिएको खेलमा चेन्नेई सुपर किग्सले राजस्थान रोयल्सलाई ५ विकेटले पराजीत गर्दै शीर्ष स्थानमा उक्लिएको छ । राजस्थानले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नेईले एक वल वाँकी छँदा ५ विकेट गुमाएर पुरा गर्यो । चेन्नेईको जीतमा मिचेन हस्सीले सर्वाधिक ८८ रनको योगदान दिए । टस जितेर पहिले व्याटिङ गरेको राजस्थानका लागी सेन वाट्सनले सतकिय पारी खेलपनि त्यो जीतका लागी पर्याप्त हुन सकेन । वाट्सनले ६ छक्का ६ चौकाको मद्यतमा ६१ वलमा एक सय १ रन वनाएका थिए ।

 
  • Program on air
  • Program Name: अर्पण बुलेटिन
  • Program Host:
  • Time duration: 05:00 PM-05:25 PM
  • Next Program
  • Program Name: मध्यवर्ती आवाज
  • Program Host: महेश पाण्डे
  • Time duration: 05:30 PM-06:00 PM

Local News

Political News

International News

Sports News