Winamp windows Media Player Real Player QuickTime

आईपिएलमा आज मुम्वई र कोलकत्ता भिड्दै

वैशाख ११
धुर्वराज खनाल
इन्डियन प्रिमियर लिगमा आज मुम्वई इन्डियन्स र कोलकत्ता नाईड राईडर्सबीच प्रतिस्पर्धा हुदैछ । खेल नेपाली समय अनुसार वेलुका सवा आठ वजेपछि इडेन गार्डेन कोलकत्तामा हुनेछ । प्रतियोगिताको सुरुवात केही राम्रो प्रर्दशन गरेको मुम्वई पछिल्ला २ खेलमा लगातार हार व्यहोरेपछि दवावमा छ भने कोलकत्ताले पनि यो सिजनमा राम्रंो प्रर्दशन गर्न सकेको छैन । मुम्वईले खेलेका ६ खेल मध्ये ३ मा जीत र ३ मा हारसहित ६ अंकका साथ छैटौ स्थानमा छ भने समान खेल खेलेको कोलकत्ताको ४ अंक छ । यसैबीच गयराती सम्पन्न खेलमा किग्स इलेभेन पञ्जावले दिल्ली डेयर डेविल्सलाई ५ विकेटले पराजीत गरेको छ । यो सिजनमा दिल्लीको सातौ हार हो । दिल्लीले दिएको १ सय २१ रनको मध्यम स्कोर पञ्जावले १८ वल वाँकी छँदै ५ विकेटको नोक्सानीमा पुरा गर्यो । पञ्जावका डेविड मिलर ३४ पियूस चावला ५ रनमा नट आउट रहे । यस अघि टस हारेर व्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ७ विकेटको क्षतीमा १ सय २० रनको मध्यम स्कोर वनाएको थियो । दिल्लीका लागी डेविड वानरले ४० रनको योगदान गरे  भने दिल्लीलाई सस्तैमा समेट्ने क्रममा हरमित सिंहले ३ ,प्रविन कुमारले २ विकेट लिए । हिजै भएको पहिलो खेलमा क्रिस गेलको आधा दर्जन किर्तिमानी योगदानको मद्यतले १ सय ३० रनको फराकिलो अन्तरले पुने वारियर्सलाई पराजीत गरेको थियो ।
 

  • Program on air
  • Program Name: सचेतना
  • Program Host: सलिना ढुङ्गाना
  • Time duration: 10:15 AM-11:00 AM
  • Next Program
  • Program Name: अर्पण खबर
  • Program Host: समाचार कक्ष
  • Time duration: 11:00 AM-11:10 AM

Local News

Political News

International News

Sports News