Winamp windows Media Player Real Player QuickTime

आईपिएलमा आज चेन्नेई र हैदरावाद भिड्दै

वैशाख १२
धुर्वराज खनाल
इन्डियन प्रिमियर लिगमा आज चेन्नेई सुपर किग्स र सन राईजर्स हैदरावादबीच प्रतिस्पर्धा हुदैछ । खेल एम ए चिदम्वरमा स्टेडियम  चेन्नेईमा वेलुका सवा ८ वजेपछि सुरु हुनेछ । समान ७ ÷७ खेल खेल्दै १० अंक जोडेका चेन्नेई दोश्रो तथा नेट रनरेटका आधारमा हैदरावाद तेश्रो स्थानमा छन् । एक खेल वढि खेलेको रोयल च्यालेन्जर्स वैंग्लौर १२ अंकसहित शीर्ष स्थानमा छ । यस अघि गयराती सम्पन्न खेलमा मुम्वई इन्डियन्सले कोलकत्ता नाईड राईडर्सलाई ५ विकेटले पराजीत गरेको थियो  । कोलकत्ताले जीतका लागी दिएको १ सय ६० रनको लक्ष्य मुम्वईले अन्तिम एक वल वाकी छँदा पुरा गर्यो । मुम्वईको जीतमा डयन स्मिथले सर्वाधिक ६२ रनको योगदान दिए । त्यस्तै रोहित शर्माले ३४ तथा किरन पोलार्डले ३३ रनको जोड्दै पेभेलियन फर्किए । यस अघि टस जितेर पहिले व्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा १ सय ५९ रन वनाएको थियो ।


  • Program on air
  • Program Name: Bani Bahas
  • Program Host: Rishi Dhamala
  • Time duration: 06:30 AM-07:00 AM
  • Next Program
  • Program Name: Arpan Local News
  • Program Host: News Desk
  • Time duration: 07:00 AM-07:15 AM

Local News

Political News

International News

Sports News