Winamp windows Media Player Real Player QuickTime

आईपिएलमा कोलकत्ता र पञ्जाव भिड्दै

१३ वैशाख
धु्रवराज खनाल
इन्डियन प्रिमियर लिगमा आज कोलकत्ता नाईड राईडर्स र किग्स इलेभेन पञ्जावबीच प्रतिस्पर्धा हुदैछ । खेल नेपाली समय अनुसार वेलुका सवा ८ वजे इडन गार्डेन कोलकत्तामा हुनेछ । ७ खेलबाट ८ अंक जोडेको पञ्जाव पाँचौ स्थानमा छ भने समान खेल खेलेको कोलकत्ताको भने ४ अंक छ ,उ अंक तालिकामा सातौ स्थानमा छ आजको खेल जितेमा पञ्जाव सन राईजर्स हैदरावादलाई रन रेटमा पछि पार्दै तेश्रो स्थानमा उक्लने छ भने कोलकत्ता प्रतियोगितामा तेश्रो जीतको खोजीमा हुनेछ । यस अघि गयराती सम्पन्न खेलमा सन राईजर्स हैदरावादलाई  चेन्नेई सुपर किग्सले ५ विकेटले पराजीत गरेको छ । जीतपछि रोयल च्यालेन्जर्स वैंग्लौरसंग समान १२ अंक भएपनि चेन्नेई नेट रनरेटका आधारमा दोश्रो स्थानमै यथावत छ भने पराजीत भएको हैदरावाद पनि तेश्रो स्थानमा कायमै छ । हैदरावादले दिएको १ सय ६० रनको लक्ष्य पछ्याउने क्रममा चेन्नेईले कप्तान महेन्द्रसिंह ध्वनीको नट आउट ६७ रनको मद्यतले दुई वल वाँकी छँदा ५ विकेट गुमाएर पुरा गर्यो । त्यस्तै मिचेल हसीले ४५ रन जोडे । टस जितेर पहिले व्याटिङ गरेको हैदरावादले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ५९ रन वनाएको थियो ।  हैदरावादका लागी शिखर धवनले नट आउट ६३ रनको योगदान दिएपनि त्यो जीतका लागी पर्याप्त वन्न सकेन ।
 

  • Program on air
  • Program Name: लोक झन्कार
  • Program Host: सुर्य ढकाल
  • Time duration: 9:15 AM-10:00 AM
  • Next Program
  • Program Name: अर्पण समाचार
  • Program Host: समाचार शाखा
  • Time duration: 10:00 AM-10:15 AM

Local News

Political News

International News

Sports News