Winamp windows Media Player Real Player QuickTime

आईपिएलमा आज पनि दुई खेल,दिल्लीको दोश्रो जीत

१६ वैशाख
धुर्वराज खनाल
इन्डियन प्रिमियर लिग क्रिकेटमा आज पनि दुई वटा खेल हुदैछ । पहिलो खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स वैंग्लौर तथा दोश्रो खेलमा मुम्वई इन्डियन्स र किग्स इलेभेन पञ्जावबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेल अपरान्ह सवा चार वजेपछि तथा दोश्रो खेल वेलुका सवा ८ वजेपछि सुरु हुनेछ । ९ खेल खेल्दै १२ अंक जोडेको वैग्लोर दोश्रो स्थानमा छ भने वैंग्लौर भन्दा एक खेल कम खेलेको राजस्थानको १० अंक छ उ तेश्रो स्थानमा छ । त्यस्तै आठ खेलबाट १० अंक जोडेको मुम्वई चौथो तथा समान खेलबाट ८ अंक जोडेको पञ्जाव छैटौ स्थानमा छ । यस अघि गयराती सम्पन्न खेलमा पुने वारियर्सलाई १५ रनले पराजीत गर्दै दिल्ली डेयर डेविल्सले प्रतियोगितामा दोश्रो जीत दर्ता गरेको छ । दिल्लीले जीतका लागी दिएको १ सय ६५ रनको लक्ष्य पछ्याउने क्रममा पुनेले निर्धारीत ओभरमा ४ विकेट गुमाएर १ सय ४९ रन मात्र वनाउन सक्यो । पुनेका लागी रोविन उथप्पा र आरोन फिन्चले समान ३७÷३७ तथा युवराज सिंहले ३१ रन जोडे । टस हारेर पहिले व्याटिङ गरेको दिल्लीले ५ विकेटको क्षतीमा १ सय ६४ रन वनाएको थियो । दिल्लीका लागी डेविट वानरले सर्वाधिक ५१ रनको योगदान दिएका थिए । हिजै भएको पहिलो खेलमा कोलकत्ता नाईट राईडर्सलाई १४ रनले पराजीत गर्दै चेन्नेईै शीर्ष स्थानमा उक्लिएको थियो ।     
 

  • Program on air
  • Program Name: मेरो देश मेरो गौरव
  • Program Host: शुसिल
  • Time duration: 08:05 AM-09:00 AM
  • Next Program
  • Program Name: नेपालवाणी समाचार
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 09:00 AM-09:15 AM

Local News

Political News

International News

Sports News